राष्ट्रपतिलाई प्राप्त संवैधानिक अधिकार मौसमअनुसार प्रयोग भयो : महतो
ekantipur.com · Sun Aug 14 16:58:10 GMT 2022
काठमाडौँ — संविधानले राष्ट्रपतिलाई दिएको अधिकार विद्यादेवी भण्डारीले सही ढंगले प्रयोग नगरेको लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले आरोप लगाएका छन् । केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा नागरिकता अध्यादेश ल्याउँदा जारी गर्ने राष्ट्रपतिले संघीय संसद्ले पारित गरेको विधेयक फिर्ता गर्दा आफैंमाथि प्रश्न उठाएको महतोको भनाइ छ ।
राष्ट्रपति भण्डारीले आइतबार साँझ नागरिकता विधेयक संघीय संसद्मा फिर्ता पठाएपछि कान्तिपुरसँग कुरा गर्दै महतोले अध्यादेश जनताको हितमा हुने तर त्यो अध्यादेशमा राखिएका व्यवस्थालाई नैं विधेयकमा राखेर संसद्बाट पारित गर्दा कसरी जनताविरोधी भएको हो भनेर जवाफ दिनुपर्ने महतोको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)