कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या
khabarhub.com · Mon Aug 10 11:22:44 GMT 2026

विराटनगर – कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले सास्ती ब्यहोर्नुपरेको छ । कोशी अस्पताल, विराटनगरको सबैभन्दा पुरानो अस्पताल हो । पुरानो भवनबाट बिरामीको उपचार गर्न कठिन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
कूल ३५० शय्याको अस्पताललाई ठाउँको अभावले ३०० शय्याबाट सेवाप्रवाह गर्नु बाध्यता रहेको अस्पतालका प्रमुख डा. चन्द्रभाल झाले जानकारी दिए । ठाउँ साँघुरो छ, ओपिडीमा दैनिक दुई हजारसम्म बिरामी आउने गरेको बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)