कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु
baahrakhari.com · Mon Aug 10 11:22:03 GMT 2026

काठमाडौं । कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५, गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरमा लुगा सुकाउने क्रममा विद्युत्को तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)