देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै
khabarhub.com · Mon Aug 10 11:30:58 GMT 2026

इलाम – इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ । कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो ।
पुल संरक्षणका लागि तारजालीसहित पर्खाल लगाउने काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनयर रञ्जय सिंहले बताए । पुल संरक्षणका लागि कार्यालयले ५० लाखमा ठेक्का आह्वान गरेकामा भिमका कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु ४१ लाख ५३ हजार ७७४ मा ठेक्का सम्झौता भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)