दस महिनामा पैँतालिस अर्ब वैदेशिक लगानी प्रतिबद्धता
gorkhapatraonline.com · Sat May 16 01:04:45 GMT 2026

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा ४५ अर्ब रुपियाँभन्दा बढीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।
उद्योग विभागका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म ७२८ परियोजनामार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो । गत चैतसम्म ६१५ परियोजनामार्फत ४१ अर्ब ७९ करोड ८५ लाख रुपियाँ लगानी भित्रिएको थियो । वैशाखमा मात्र ११३ परियोजनामार्फत तीन अर्ब ५२ करोड ३० लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)