रास्वपाको उदय र विभिन्न व्यक्तिको इन्ट्री केही व्यक्तिको महत्त्वाकाङ्क्षामात्र होइन : महामन्त्री आचार्य
ratopati.com · Mon Aug 10 12:15:00 GMT 2026

सुशासन र ‘सर्भिस डेलिभरी’लाई मुख्य प्राथमिकतामा राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नेतृत्वमा सरकार बनेको चार महिना पुग्न लाग्दा पनि आम नागरिकले परिवर्तनको अनुभूति गर्न सकेका छैनन् । गत फागुनमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा अभूतपूर्व नतिजा ल्याएको रास्वपाले चुनाव अघि नै वरिष्ठ नेता वालेन्द्र (बालेन) शाहलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो ।
चैत १३ गते बालेन प्रधानमन्त्री नियुक्त भए । त्यसैदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची स्वीकृत गरेको थियो । तर सुशासन, राष्ट्रियता, सामाजिक न्याय, सर्भिस डेलिभरी, आर्थिक समृद्धिको पक्षमा सरकार असफल हुँदै गएको पछिल्लो घटनाक्रमले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)