१६ हजार मेगावाटको पीपीए खुला गर्न इप्पानको माग, १० मेगावाटमुनिका आयोजनाको प्रक्रिया अघि बढ्यो
aarthiknews.com

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले विद्युत खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएका करिब १६ हजार मेगावाट क्षमताका आयोजनाको पीपीए प्रक्रिया तत्काल खुला गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ। लामो समयदेखि पीपीए रोकिँदा निजी क्षेत्रका आयोजनाको अध्ययन, वित्तीय व्यवस्थापन र निर्माण प्रभावित भएको भन्दै इप्पानले पीपीए सीमा खुला गरेर सबै योग्य आयोजनालाई प्रक्रियामा समेट्न माग गरेको हो।
इप्पान प्रतिनिधिमण्डल र नेपाल विद्युत प्राधिकरणका पदाधिकारीबीच भएको भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भने १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढिसकेको जानकारी दिए। आयोजनाको प्रकृति र देखिएका समस्याका आधारमा व्यावसायिक उत्पादन सुरु गर्ने मिति (आरसीओडी) थपका लागि समेत प्रक्रिया अघि बढाइएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)