अर्थमन्त्रीसँगको बैठकमा एनसेलका अधिकारीले उठाए सरकारको कार्यशैलीमा गम्भीर प्रश्न
corporatenepal.com · Mon Aug 10 12:37:40 GMT 2026

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग सोमबार भएको बैठकमा सरकरको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका छन् ।
अर्थमन्त्रीले नेपालका बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुसँग गरेको छलफलमा श्रेष्ठले व्यवसायीहरुलाई धरकपड गर्ने कामले सुरक्षाको प्रश्न उठाएको बताए । ‘हामी पनि एक पीडित पक्ष हौं । कुनै एक बैंक तथा वित्तीय संस्थाले राखेको लिलाम प्रक्रियामा सहभागी भएका थियौँ जसले गर्दा अहिले हाम्रा लगानीकर्तालाई पनि धरकपड, फौजदारी मुद्दा चलाइने भन्ने जस्ता खबर पाएका छौं’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)