नेपाली क्रिकेटको नेतृत्व अब सन्दीप लामिछानेको काँधमा
kalakarmi.com · Mon Aug 10 12:55:10 GMT 2026
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको नेतृत्वमा ठूलो परिवर्तन गर्दै रोहित पौडेललाई ओडीआई कप्तानीबाट हटाएर लेग स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ।
सोमवार क्यानले मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा गर्दै सन्दीपलाई कप्तानीको जिम्मेवारी दिएको हो। यससँगै रोहित पौडेलले एकैपटक ओडीआई र यसअघि टी–२० टोलीको कप्तानी पनि गुमाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)