गण्डकी खेलकुद परिषद्ले वितरण गरेको पदकबारे छानबिन गर्न समिति गठन
annapurnapost.com · Mon Aug 10 13:03:27 GMT 2026
काठमाडौं : गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्।
खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन २९ गतेभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। मन्त्री गुरुङले पत्रकार सम्मेलनमा भनिन्, ‘पदक वितरणका बारेमा धेरै कुरा उठेका कारणले छानबिनका लागि समिति गठन गरेका छौं। सत्य तथ्य कुरा छिटै बाहिर आउनेछ।'
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)