ताप्लेजुङ गोल्डकपः झापा–११ सेमिफाइनलमा प्रवेश
ratopati.com · Mon Aug 31 19:29:05 GMT 2026
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा(११ फुटबल क्लब प्रवेश गरेको छ । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपअन्तर्गत सोमबार भएको क्वार्टरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा –११ सेमिफाइनलमा प्रवेश गरेको हो ।
खेलको पाँचौँ मिनेटमा झापा–११ का आयुष घलानले गोल गरे । नेपाल पुलिस क्लबले गोलका लागि उत्कृष्ट प्रयास गरे पनि गोल गर्न नसक्दा क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)