सरकारी कागजात सच्याएको आरोपमा नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा
nepalpress.com · Mon Aug 10 13:17:39 GMT 2026

रुपन्देही । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० का वडाध्यक्ष कौशलकुमार धोवीसहित चार जनाविरुद्ध सरकारी कागजात सच्याएको तथा नक्कली करारनामा तयार गरी प्रमाण सिर्जना गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष धोवी, वडा सचिव वीरबहादुर थापा मगर तथा नेपालगन्ज–२० का रविन्द्र लामिछाने र उदयपुर चौदण्डीगढी नगरपालिका–५ का विकासकुमार चापागाईविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)