सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा पहिलो पटक ‘करिअर जज’लाई प्राथमिकता
barnanmedia.com · Mon Aug 10 13:09:47 GMT 2026

सर्वोच्च अदालतमा रिक्त न्यायाधीश नियुक्तिमा पहिलो प्राथमिकता ‘करिअर जज’ (न्यायिक सेवाका न्यायाधीश) लाई दिने तयारी भइरहेको छ । विगतमा कानुन व्यवसायी पृष्ठभूमिबाट सर्वोच्च अदालतमा सिधै न्यायाधीश नियुक्ति गर्दा विवाद उत्पन्न भएको भन्दै यस पटक न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशलाई सर्वोच्चमा ल्याउने तयारी थालेको हो ।
राजनीतिक पृष्ठभूमि जोडिएका कानुन व्यवसायीलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्दा विवाद देखिएकाले यस पटक रिक्त सबै पदमा उच्च अदालतबाटै ल्याउने तयारी भइरहेको न्याय परिषद् स्रोतले जानकारी दिएको छ । ‘यस पटक प्रधानन्यायाधीश डा । मनोजकुमार शर्माले न्यायाधीश नियुक्तिमा फरक शैली अपनाउने बताउनुभएको छ,’ परिषद्का ती सदस्यले भने, ‘पहिला न्यायाधीशहरूविरुद्ध परेका उजुरीको फर्छ्यौट सकिनेबित्तिकै सर्वोच्च र उच्च अदालतको न्यायाधीश नियुक्तिको विषयमा निर्णय लिने तयारी छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)