प्रधानमन्त्री शाहलाई औषधि उत्पादक संघका अध्यक्ष अधिकारीको खुला पत्र
swasthyakhabar.com · Mon Aug 10 13:31:03 GMT 2026

काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारी औषधि खरिद प्रक्रियामा निष्पक्षता कायम गर्न र स्वदेशी निजी औषधि उद्योगहरूलाई समान अवसर दिलाउन माग गर्दै प्रधानमन्त्री वालेन्द्र शाहलाई खुला पत्र पठाएको छ।
एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा जारी खुला पत्रमा सरकारले आफ्नै स्वामित्वका उद्योगहरू नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाबाट मात्रै खरिद गर्ने नीतिका कारण निजी क्षेत्र मारमा परेको उल्लेख छ। राज्य आफैँ लगानीकर्ता, उत्पादक, मूल्य निर्धारक र खरिदकर्ता बनेर एकाधिकार सिर्जना गर्दा आफ्नै पुँजी र जोखिममा सञ्चालित स्वदेशी निजी उद्योगहरू धाराशायी हुने जोखिम बढेको पत्रमा औँल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)