भागबन्डामा अड्कियो कोसी सरकार पुनर्गठन
nepalnews.com · Mon Aug 10 13:50:42 GMT 2026

विराटनगर । कोसी प्रदेशमा सत्ता समीकरण फेरिएसँगै सरकार पुनर्गठनको तयारी तीव्र बने पनि एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालयको संख्या र जिम्मेवारीमा सहमति जुट्न सकेको छैन।
केन्द्रमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली कांग्रेस प्रदेश सरकारबाट बाहिरिने र नेकपा सरकारमा सहभागी हुने तयारी छ। तर, नेकपाले कांग्रेसले अहिले सम्हालिरहेका चार मन्त्रालयकै हाराहारीमा भाग खोजेपछि सरकार पुनर्गठनको प्रक्रिया मन्त्रालय भागबन्डामा अड्किएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)