माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो लगानी
kendrabindu.com · Mon Aug 10 13:54:19 GMT 2026

काठमाडाैं । माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। प्रबर्दक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालि र बैंकबीच वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता अनुसार यस आयोजनामा लिड बैंकको रुपमा रहेको एनएमबि बैंकले ६ अर्ब ८१ करोड र सहायक बैंकको रुपमा रहेको सानिमा बैंकले ३ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ। दुई बैंकले गरि आयोजनामा कुल १० अर्ब १ करोड लगानी गर्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)