२५ उत्कृष्ट कमेडियन नगरकोटमा, ‘कमेडी च्याम्पियन-४’ को ग्रान्ड प्रीमियरको तयारी
kalakarmi.com · Mon Aug 10 12:44:42 GMT 2026

काठमाडौं- लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन–४ अहिले निर्णायक तयारीमा जुटेको छ। डिजिटल अडिसन, क्षेत्रीय अडिसन र फिजिकल अडिसनका विभिन्न चरण पार गर्दै छनोट भएका २५ उत्कृष्ट कमेडियन अहिले नगरकोटस्थित माउन्टेन भिस्टा रिट्रिटमा विशेष वर्कसपमा सहभागी छन् ।
शोका निर्देशक विशाल भण्डारीका अनुसार वर्कसपको मुख्य उद्देश्य ग्रान्ड प्रिमियर एपिसोडका लागि प्रतिस्पर्धीलाई मौलिक, सशक्त र स्तरिय प्रस्तुति तयार गराउनु हो । यस अवधिमा उनीहरू नयाँ कन्टेन्ट लेख्ने, प्रस्तुति परिमार्जन गर्ने र स्टेजमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने अभ्यासमा व्यस्त छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)