ब्रोड पिकको हिमपहिरोमा परेका ३ शेर्पाको शव भोलि नेपाल ल्याइने
annapurnapost.com · Mon Aug 10 13:44:32 GMT 2026

काठमाडौं : ब्रोड पिकको हिमपहिरोमा परेका ३ शेर्पाको शव भोलि नेपाल ल्याइने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरेर किली पेम्बा शेर्पा “किलु”, ग्यालु शेर्पा र निमा शेर्पाका शव भोलि नेपाल ल्याइने जानकारी दिएको हो। कतार एयरवेजको उडानमार्फत १६:४५ बजे काठमाडौं आइपुग्ने मन्त्रालयले जनाएको छ।
पुरबहादुर गुरुङ ‘युक्त’को शव साउन २१ गते नेपाल ल्याइसकिएको छ। दुर्घटनास्थलबाट एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीन जनाको शव फिर्ता ल्याउन बाँकी रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)