बागमतीमा सत्ता साझेदारी गरेका एमाले र नेकपा सरकारबारे के गर्दैछन् ?
ratopati.com · Mon Aug 10 14:00:00 GMT 2026

हेटौँडा । केन्द्रमा फेरिएको समीकरणसँगै बागमती प्रदेशमा पनि एमाले र नेकपा सम्मिलित नयाँ सरकार बन्ने अपेक्षा गरिएको थियो । एमालेको नेतृत्वमा गठन हुने सरकारमा अन्य साना दलहरूलाई समाहित गर्ने गरी वाम गठबन्धन अघि बढेको पनि थियो ।