उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै
nagariknews.nagariknetwork.com · Mon Aug 10 14:03:16 GMT 2026

उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। उत्तर कोरियाली सम्भावित खतराविरुद्ध सैन्य तयारी सुदृढ गर्न उनीहरूले अर्को साता वार्षिक अभ्यास सञ्चालन गर्न लागेका हुन्।
‘उल्ची फ्रिडम शिल्ड’ नाम दिइएको उक्त अभ्यास आगामी सोमबारदेखि ११ दिनसम्म सञ्चालन हुने दक्षिण कोरियाली सेनाले जनाएको छ। अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)