जसले जापानमा हुने पाँचौँ एसियाली पारा खेलकुदमा सहभागी हुन वाइल्ड कार्ड पाए
ratopati.com · Mon Aug 10 14:15:00 GMT 2026
ललितपुर । जीवनमा कहिलेकाहीँ एउटा सानो घटनाले मानिसको गन्तव्य बदलिदिन्छ ।
यस्तै भयो सिन्धुपाल्चोकका रामबहादुर तामाङको जीवनमा । नेपाली सेनामा कार्यरत रहँदा कर्तव्य पालनाका क्रममा पोस्टबाट लडेर मेरुदण्डमा गम्भीर चोट लागेपछि रामबहादुरको जीवन ह्विलचेयरमा खुम्चियो । तर, शरीरको तल्लो भागले काम गर्न छोडे पनि उनको दृढ इच्छाशक्ति र सपना कहिल्यै थलिएन । आज उनै रामबहादुर हुन्, जो ह्विलचेयर टेनिसमा नेपालको प्रतिनिधित्व गर्दै जापानमा आयोजना हुन लागेको एशियन पारा गेम्समा सहभागी हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)