एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
annapurnapost.com · Mon Aug 10 14:21:23 GMT 2026

एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।
मनाङमा निर्माण भइरहेको दुध खोला जलविद्युत आयोजना, दुध खोला हाइड्रो पावर कम्पनीद्वारा प्रवर्द्धन गरिएको जलविद्युत आयोजना हो। दुध खोला हाइड्रो पावर कम्पनीको प्रमुख लगानीकर्ता भने माउण्टेन इनर्जी नेपाल तथा सीताराम तिमिल्सिनाको समूह रहेको छ। यस आयोजनामा एनएमबि बैंक अगुवा बैंकका रुपमा रहेको छ भने सानिमा बैंक सहअगुवा बैंकको रुपमा रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)