राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा दुई जना मनोनित
ratopati.com · Mon Aug 10 14:35:50 GMT 2026
काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा एथलेटिक्सका धनीराम चौधरी र भलिबलकी ललिता नाथ सोमबार मनोनित भएका छन्।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा (२) को खण्ड (ट) बमोजिम राखेपको रिक्त सदस्य पदमा शिक्षा तथा खेलकुद मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट दुवैलाई मनोनयन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)