यूईएफए सुपर कप : पहिलो खेलमा पीएसजी र एस्टन भिल्ला खेल्दै, अतिरिक्त समय नहुने
ratopati.com · Mon Aug 10 14:54:37 GMT 2026
काठमाडौँ । युरोपेली फुटबलको यूईएफए सुपर कपको ५१औं संस्करणको पहिलो खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) र इंग्लिस क्लब एस्टन भिल्लाबिच प्रतिस्पर्धा हुँदैछ ।
च्याम्पियन्स लिग विजेता पीएसजी र युरोपा लिग विजेता एस्टन भिल्लाबिचको खेल बुधबार राति अस्ट्रियाको साल्जबर्गमा रहेको रेड बुल एरिनामा हुनेछ । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे सुरु हुनेछ । झन्डै ३० हजार दर्शक क्षमताको रेड बुल एरिना अस्ट्रियाली क्लब एफसी साल्जबर्गको घरेलु मैदान हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)