मनाइँदै गठेमंगल, भूतप्रेत भगाउन फलामको औँठी [तस्बिरहरू]
hamrakura.com · Mon Aug 10 00:00:00 GMT 2026
काठमाडौँ । मंगलबार विभिन्न कार्यक्रमसहित काठमाडौँ उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने परम्परागत गठेमंगल पर्व मनाउँदै छन् । गठेमंगललाई घण्टाकर्ण पर्वका रूपमासमेत चिनिन्छ। यो पर्वलाई भूतप्रेत तथा नकारात्मक शक्तिलाई भगाउने पर्वका रूपमा पनि लिइन्छ।
पर्वका अवसरमा बिहानै स्नान गरी घरआँगन सफासुग्घर गर्ने र फलामको औँठी लगाउने चलन छ। फलामको औँठी लगाएमा भूतप्रेत तथा नकारात्मक शक्तिबाट जोगिने जनविश्वास नेवार समुदायमा रहेको छ। पर्वका कारण काठमाडौँका असन, इन्द्रचोकलगायत क्षेत्रमा बिहानैदेखि फलामको औँठी किन्नेको चहलपहल देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)