सुधार केन्द्रमा युवकको मृत्यु प्रकरणमा सञ्चालकसहित पाँच जना पक्राउ
nepalpress.com · Mon Aug 10 14:56:12 GMT 2026

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ बिरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको घटनामा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सुधार केन्द्रमा राखिएका सूर्यविनायक नगरपालिका–१ सिरुटारका ४४ वर्षिय उमेश खड्गीको मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा सुधार केन्द्रका अध्यक्ष तथा सञ्चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–४ का ४७ वर्षिय गौतम श्रेष्ठसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)