शुक्रबार–शनिबार पढाइ, कार्यस्थलमै एआईको प्रयोग : नेपालमै पहिलो ‘एमबीए इन एआई’ डिग्री
aarthiknews.com

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग व्यवसाय, उद्योग तथा सेवा क्षेत्रमा तीव्र रूपमा बढिरहेका बेला लर्डबुद्ध एजुकेसन फाउन्डेसनले ‘एमबीए इन एआई’ कार्यक्रम सञ्चालनमा ल्याएको फाउन्डेसनका अध्यक्ष पंकज जलानले बताए। कार्यक्रमको मुख्य उद्देश्य उद्योग तथा व्यवसायमा कार्यरत जनशक्तिलाई कृत्रिम बुद्धिमत्ताका विभिन्न उपकरण र प्रविधिलाई आफ्नो काम तथा व्यवसायमा प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउनु रहेको अध्यक्ष पंकज जलानले जनाए।
अध्यक्ष पंकज जलानका अनुसार अहिले कृत्रिम बुद्धिमत्ताले तथ्यांक प्रशोधन, प्रतिवेदन निर्माण, तथ्यांक विश्लेषणलगायतका काममा महत्वपूर्ण सहयोग गरिरहेको छ। उत्पादनमूलक उद्योगमा समेत विभिन्न प्रक्रियालाई कृत्रिम बुद्धिमत्ताले सहज बनाउन थालेको छ। तर कृत्रिम बुद्धिमत्ताबारे जानकारी हुनु र त्यसलाई आफ्नो व्यवसायको आवश्यकता अनुसार प्रभावकारी रूपमा प्रयोग गर्न सक्नु फरक विषय भएकाले ‘एमबीए इन एआई’ कार्यक्रम डिजाइन गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)