नेपालमा बहुराष्ट्रिय तथा ठूला कम्पनीले २०० अर्ब थप लगानी गर्ने, नीतिगत स्थिरता र व्यवसायिक वातावरण सुधार्न माग
aarthiknews.com

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बहुराष्ट्रिय तथा ठूला करदाता कम्पनीहरूले करिब २०० अर्ब रुपैयाँ थप लगानी गर्ने तयारी अघि बढाएका छन्। जलविद्युत्, खाद्य, पेय पदार्थ, पेन्ट, होटल, सिमेन्टलगायतका क्षेत्रमा लगानी विस्तारको प्रक्रिया अघि बढिरहेको जानकारी कम्पनीका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिएका छन्।
सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा सहभागी २० ठूला बहुराष्ट्रिय करदाता कम्पनीका नेपाल प्रमुख तथा प्रतिनिधिले लगानी विस्तारका लागि सरकारबाट नीतिगत स्थिरता, प्रशासनिक सहजीकरण र व्यवसाय सञ्चालनको वातावरणमा सुधार आवश्यक रहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)