मध्यपूर्व युद्धविरामपछि श्रीलङ्कामा इन्धनको मूल्यमा गिरावट
kendrabindu.com · Tue Jun 30 06:15:07 GMT 2026

कोलम्बो । मध्य पूर्व युद्धविरामपछि श्रीलङ्काले मङ्गलबार इन्धनको मूल्यमा छ प्रतिशतसम्म कटौती गरेको छ ।
श्रीलङ्काको पेट्रोलियम कर्पोरेसनले डिजेल २५ रुपैयाँ प्रति लिटर घटाएर ३८२ रुपैयाँ र पेट्रोल २० रुपैयाँ घटाएर ४१४ रुपैयाँ कायम गरेको बताएको छ । अमेरिका र इरानले आफूहरुबीच द्वन्द्व अन्त्य गर्न वार्ता गर्ने सहमति भएपछि अन्तर्राष्ट्रिय ऊर्जाको मूल्यमा आएको तीव्र गिरावटसँगै श्रीलङ्कामा पनि उर्जाको मूल्यमा कटौती गरिएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)