राखेप सदस्यमा धनिराम र ललिता नियुक्त
annapurnapost.com · Mon Aug 10 15:40:50 GMT 2026
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड सदस्यमा भलिबलकी पूर्व खेलाडी ललिता नाथ र एथ्लेटिक्सका धनीराम चौधरी नियुक्त भएका छन्।
यी दुईलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नियुक्ति पत्र हस्तान्तरण गरेका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा ३ उपदफा २ को खण्ड ट बमोजिम राखेपको रिक्त सदस्य पदमा मनोनयन गरिएको खेलकुद मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)