देवानगन्ज घटना : सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति
baahrakhari.com · Mon Aug 10 15:50:59 GMT 2026

काठमाडौं । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा यही साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ । मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच सोमबार भएको सहमतिअनुसार मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने भएको छ ।
सहमतिमा साउन १० गते राति देवानगन्ज–३, कप्तानगन्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही तत्काल अघि बढाउने उल्लेख छ । देवानगन्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)