एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कास्य
annapurnapost.com · Mon Aug 10 15:55:42 GMT 2026
काठमाडौं : नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कास्य जितेका छन्। मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक बेल्ट तेस्रो डान प्याटर्नमा कास्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन्। शेखरसँगै मंगोलियाका दोर्जपालाम अयुर्जानान पनि तेस्रो भए। मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए।
शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए। यो स्पर्धामा शेखरले पदक जितेनन्। शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन्। उनले पहिलो संस्करणको प्याटर्न र दोस्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए। उनले तेस्रो इन्डो–नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए। तेस्रो जनरल चोइ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)