सरकारले नयाँ हवाई नीति तयार गरिसकेको छ : महानिर्देशक
annapurnapost.com · Tue Jun 30 06:11:20 GMT 2026

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलले सरकारबाट नयाँ हवाई नीति तयार गरिएको बताएका छन्। पर्यटन मन्त्रालयले सोमबार आयोजना गरेको ‘नेपालको हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा’ विषयक संवादमा महानिर्देशक डंगोलले नयाँ हवाई नीतिको मस्यौदा विभिन्न निकायमा सुझावका लागि पठाइसकिएको जनाएका हुन्।
महानिर्देशक डंगोलले नयाँ नीतिले विगतका कमजोरी सुधार गर्दै आगामी दशकहरूका लागि नेपालको उड्डयन क्षेत्रको स्पष्ट मार्गचित्र तय गर्ने बताए। उनले नेपालको हवाई क्षेत्र नीतिगत र संस्थागत सुधारको चरणमा रहेको बताउँदै यसले आगामी ३० वर्षसम्मको उड्डयन क्षेत्रको दिशा निर्धारण गर्ने जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)