बाँके, बर्दियाका नदीमा बाढी : सतर्क रहन आग्रह
baahrakhari.com · Tue Jun 30 06:18:00 GMT 2026

काठमाडौं । वर्षासँगै देशका केही साना नदीमा मंगलबार (असार १६) पानीको बहाव उल्लेख्य बढेको छ । बाँके, बर्दिया र कैलाली भएर बहने साना नदीहरूमा बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस दिन बिहान ११ः३० बजे सूचना जारी गर्दै विभागले ती नदी आसपास र होचो स्थानका बासिन्दालाई दिनभरि सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)