नुवाकोटमा घाँटी रेटि आमाछोरीको हत्या
lokpath.com · Mon Nov 14 16:05:24 GMT 2022
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारी भगेरीमा घाँटी रेटि आमाछोरीको हत्या भएको छ । उक्त घटनाबाट ज्यान गुमाउनेमा बालकुमारीका केशव खतिवडाको २१ वर्षिया श्रीमति सम्झना खतिवडा र ४ बर्षिया छोरी कृष्टिना खतिवडा रहेको गाउँपालिका अध्यक्ष शङ्कर थापाले लोकपथलाई जानकारी दिए ।
अध्यक्ष थापाका अनुसार खुकुरी प्रहारबाट हत्या भएको हुन सक्ने आशंका गरिएको छ । सोमबार बेलुकी साढे पाँच बजेको समयमा घटना भएको उनले बताए । उनका अनुसार एक मानसिक असन्तुलन भएका व्यक्तिले घटना घटाएको हुन सक्ने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)