कोलम्बिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो
ratopati.com · Mon Aug 10 16:40:01 GMT 2026

बोगोटा । पश्चिमी कोलम्बियामा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३० पुगेको स्थानीय अधिकारीहरूले जनाएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार सोमबार बिहान ०७ : ३४ बजे (स्थानीय समय) १०७ किलोमिटर गहिराइमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा रहेको छ।
भूकम्पको धक्का देशभरका साथै छिमेकी मुलुकहरू भेनेजुएला, इक्वेडर र पानामामा समेत महसुस गरिएको थियो। भेनेजुएलामा ६ हजार १०० भन्दा बढी मानिसको ज्यान जाने गरी जुम्ल्याहा भूकम्प गएको दुई महिना नपुग्दै यो विनाशकारी भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)