राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत
onlinekhabar.com · Tue Jun 30 06:22:41 GMT 2026

१६ असार, काठमाडौं । सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन जना अन्तर्राष्ट्रिय विशेषज्ञहरूलाई मनोनयन गरेको छ । कृषि, वन तथा पर्यावरणमन्त्री एवम् कोषकी अध्यक्ष गिता चौधरीले ऐनमा भएको प्रावधान अनुसार उनीहरूलाई नियुक्त गरेकी हुन् ।
मनोनित हुने सदस्यहरूमा बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डा. एरिक डाइनरस्टाइन र अस्ट्रेलियाकी प्राध्यापक विन्डी राइट रहेका छन् । लर्ड क्यामोस ‘यूके नेपाल ट्रस्ट’ का अध्यक्ष हुन् र उनले लामो समयदेखि नेपालको जैविक विविधता संरक्षणमा योगदान पुर्याउँदै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)