पोखरामा सवारीसाधनको प्रदूषण परीक्षणमा तीव्रता
ratopati.com · Mon Aug 10 17:26:19 GMT 2026

गण्डकी । पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुँवा फाल्ने गरेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको छड्के अनुगमनका क्रममा ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो ।
बढी धुँवा फाल्ने र यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनको परीक्षणमा पछिल्लो समय कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुदीपकुमार देवकोटाले जानकारी दिए । नियन्त्रणमा लिइएका सवारीसाधनलाई कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सवारीमा पठाइएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)