गर्मी र आगोबीच पाकिस्तानी इँटा मजदुर
barnanmedia.com · Mon Aug 10 19:15:00 GMT 2026

पाकिस्तानमा बढ्दो तापक्रमले इँटा भट्टीमा काम गर्ने मजदुरको कठिन जीवन झनै जोखिमपूर्ण बनाएको छ । चर्को घाममुनि ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम सहँदै काम गर्ने मजदुरले खुट्टामुनिबाट निस्कने भट्टीको तातो र माथिबाट पर्ने सूर्यको ताप दुवै खेप्नुपरेको छ ।
पाकिस्तानको शेखुपुरा जिल्लास्थित एक इँटा भट्टीमा मजदुरहरू खुट्टामुनिका साना प्वालबाट कोइला तलको आगोको कोठामा हालिरहेका छन् । उनीहरूको टाउकोमाथि भने भट्टीबाट निस्किएको बाक्लो कालो धुवाँ फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)