मर्स्याङ्दी नदीमा जल सतहले सतर्कता तह पार, तल्लो तटीय क्षेत्रका बासिन्दालाई बिहानसम्म सतर्क रहन आग्रह
ratopati.com · Mon Aug 31 20:08:33 GMT 2026

काठमाडौँ । भदौ १६ गते बिहान १ः२० बजेको पछिल्लो मापनअनुसार लमजुङस्थित मर्स्याङ्दी नदीमा पानीको सतहले सतर्कता तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाले नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै विशेष सूचना जारी गरेको हो ।
महाशाखाका अनुसार लमजुङको भकुण्डेबेशी जल मापन केन्द्रमा मर्स्याङ्दी नदीको जल सतह सतर्कताको विन्दुभन्दा माथि पुगेको छ र यो अझै बढ्दो क्रममा रहेको छ । नदीमा बहाव लगातार बढिरहेकाले तल्लो तटीय क्षेत्रमा जोखिमको सम्भावना देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)