गोरखाबाट चुनाव लडिरहेका माओवादी अध्यक्ष प्रचण्ड किन गए चितवन ?
abhiyandaily.com
चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्नका लागि दाहाल शनिवार नै चितवन आएको बताइएको छ ।
उनले चितवन क्षेत्र नं ३ बाट मतदान गर्ने छन् । भरतपुर महानगरपालिका– १४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रबाट प्रचण्डले मताधिकार प्रयोग गर्ने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।
आम निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्न अध्यक्ष दाहाल आफू चुनाव लडिरहेको निर्वाचन क्षेत्र छोडेर चितवन पुगेको माओवादीको भनाइ छ । उनी शनिवार अपराह्न भरतपुर विमानस्थलमा अवतरण भएका हुन् ।
अध्यक्ष दाहाल बिहानै मतदान गरेर चितवनबाट गोरखा जाने कार्यक्रम रहेको माओवादी केन्द्रले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)