छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा सुष्मा र पुस्करलाई स्वर्ण
onlinekhabar.com · Fri Feb 13 16:39:51 GMT 2026
१ फागुन, काठमाडौं । नेपालका सुष्मा चौधरी र पुस्करदेव मल्लले छैटौं कुन खमेर विश्व च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कम्बोडियामा भएको प्रतियोगितामा नेपालले २ स्वर्णका अलावा २ कांस्य पनि जित्यो ।
महिला ४८ केजीको सेमी प्रोफेसनलमा सुष्मा चौधरीले कम्बोडियाकी रिथी रितालाई पराजित गरी स्वर्ण जितेको टोलीका प्रशिक्षक समेत रहेका नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)