एलजीले नेपाली उपभोक्ताका लागि “एसेन्सियल सिरिज” घरेलु उपकरण सार्वजनिक गर्यो
ajakoartha.com · Tue Jun 30 07:02:00 GMT 2026

काठमाडौं- LG Electronics Singapore Pte. Ltd. (LG) ले आफ्नो आधिकारिक वितरक CG Electronics सँगको सहकार्यमा नेपाली उपभोक्ताहरूको आवश्यकता र जीवनशैलीलाई केन्द्रमा राखी विकास गरिएको नयाँ घरेलु उपकरण श्रृंखला LG Essential Series सार्वजनिक गरेको छ। इटहरीस्थित रामदा होटलमा आयोजित विशेष कार्यक्रममा उक्त श्रृंखलाको औपचारिक अनावरण गरिएको हो।
“हरेक घरको खुशी, घर-घरमा LG” अभियानअन्तर्गत सार्वजनिक गरिएको Essential Series ले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई एकैसाथ समेटेको छ। नेपाली परिवारहरूको दैनिक आवश्यकता तथा स्थानीय परिस्थितिलाई ध्यानमा राखेर डिजाइन गरिएका यी उत्पादनहरूले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने LG को विश्वास रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)