आज यी ६ प्रदेशका केही स्थानमा भारी वर्षा हुने
kendrabindu.com · Tue Aug 11 00:19:19 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेक छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)