स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
ratopati.com · Tue Aug 11 00:36:16 GMT 2026

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँ सहित पर्साको वीरगन्ज महानगरपालिकाबाट ४ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ आरोपीहरू वीरगन्ज–१० स्थित आदर्शनगरबाट पक्राउ परेका हुन् । दुईवटा मोटरसाइकलमा सवार आरोपीहरूलाई चेकजाँच गर्दा स्रोत नखुलेको रकम फेला परेको पर्साका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा भारतको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका–१ घर भएका ३२ वर्षीय उपेन्द्र साह, सोही ठाउँका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दबासिनी गाउँपालिका–१ झौवागुठी घर भएका २५ वर्षीय राहुलकुमार गुप्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)