आजको मौसम: देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना
hamrakura.com · Tue Aug 11 00:00:00 GMT 2026
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भू-भागमा सरदरभन्दा केही उत्तरतर्फ (नेपाल नजिक) तथा पूर्वी भू-भागमा सरदर स्थानको आसपास रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने मधेश प्रदेश र बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)