प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
onlinekhabar.com · Tue Aug 11 00:47:12 GMT 2026

२६ साउन, काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न दिउँसो एक बजे सिंहदरबारमा बस्ने बैठकमा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, आजै दुई वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, सार्वजनिक लेखा समिति र विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)