जापानमा वृद्ध हुँदै किसान: खेतीमा रोबोटको सहारा
nepalsamaya.com · Tue Aug 11 00:56:00 GMT 2026

काठमाडौं- घट्दो जनसंख्या, गाउँबाट युवाको पलायन र किसानको बढ्दो उमेरका कारण जापानको ग्रामीण क्षेत्रमा कृषि श्रमिकको अभाव गम्भीर बन्दै गएको छ। यस्तो अवस्थामा जापानले खेतीपातीमा रोबोट र आधुनिक प्रविधिको प्रयोग बढाउन थालेको छ।
यामागाता प्रान्तको निशिकावा नगरमा किसानको औसत उमेर करिब ७३ वर्ष पुगेको छ। पर्याप्त श्रमिक नहुँदा यहाँ फलफूल टिप्ने, उत्पादन प्याक गर्ने तथा खेतको निगरानी गर्ने काममा रोबोटको प्रयोग हुन थालेको छ। खेतमा प्रवेश गर्ने भालुलाई टाढा राख्नसमेत प्रविधिको प्रयोग भइरहेको छ। यसबाट वृद्ध किसानलाई कामको बोझ कम हुने अपेक्षा गरिएको छ। कृषि क्षेत्रमा रोबोटको प्रयोगले श्रमिक अभावको समस्या मात्र समाधान गर्ने नभई वृद्ध किसानलाई लामो समयसम्म खेतीमा टिकाइराख्न पनि सहयोग गर्न सक्ने स्थानीय अधिकारीहरूको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)