कोलम्बियामा शक्तिशाली भुकम्प कम्तिमा ७७ को मृत्यु
nepallive.com · Tue Aug 11 00:56:39 GMT 2026
एजेन्सी— दक्षिण अमेरिकी मुलुक कोलोम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तीमा ७७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।
भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब २८० किलोमिटर पश्चिममा रहेको बताइएको छ । उत्तरपश्चिमी चोको क्षेत्रको सान होसे डेल पालमारमा यसको केन्द्रविन्दु रहेकाे थियो । भूकम्पको धक्का राजधानी बोगोटासम्मै महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । भूकम्पअघि सावधानीका लागि अलार्म बजाइएपछि मानिसहरू घर तथा भवनबाट बाहिर सडकमा निस्किएका भिडियोहरू सार्वजनिक भएका छन् । भूकम्प इक्वेडर, पानामा र भेनेजुएलामा पनि महसुस गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)