दमक–चिसोपानी सडकमा मालवाहक सवारी सञ्चालनमा रोक
makalukhabar.com · Tue Aug 11 00:55:18 GMT 2026

इलाम । झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने सडक (फाल्गुनन्द मार्ग)मा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका लागि रोक लगाइएको माङसेबुङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष विनोदकुमार नेम्बाङले बताए । अविरल वर्षाका कारण माङसेबुङ गाउँपालिका क्षेत्रमा सडकका विभिन्न स्थानमा क्षति पुगेपछि यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)